मुग्लिन–नारायणगढ सडकमा सामान्य रुपमा गाडी चल्दै
काठमाडाैं | असार १९, २०८०
काठमाण्डौ: मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् ।
हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

